Rashtriya Dainik

बालश्रम विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न

महेश यादव /नवलपरासी ,१४ श्रावण

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर -२ हरपुरमा बालश्रम विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ।

प्रगति किशोर किशोरी सञ्जालको अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे सहकार्यमा बालश्रम विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

सञ्जालका अध्यक्ष निलज्याेति गाैडकाे अध्यक्षता तथा पत्रकार महेश यादवको प्रमुख अतिथतामा भएको कार्यक्रममा बाेल्दै प्रमुखको अतिथि यादवले बालश्रम गर्नु र गराउनु एक गैरकानुनी अपराध भए तापनि समुदायका मानिसहरु अाफ्नाे छाेरा छाेरिहरुलाई बालश्रम गर्न बाध्य बनाईरहेको बताए । साथै सानो उमेरमा बालबालिकालाई पठाउनु पर्ने ठाउँमा विभिन्न काममा लगाएर बालश्रम गराएकाे बताउदै बालश्रम गराउनेलाई कडा भन्दा कडा सजाय दिलाउनु पर्ने जाेड दिनुभएको थियो ।

साे कार्यक्रममा एविसि नेपालका भाेलेन्टियर मनिता ढकाल , बन्दना चाैधरी लगाएत किशोरी किशोरी र अभिभावकहरुकाे उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन राजु हरिजनले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित