कपिलवस्तु विजयनगर ।
कपिलवस्तुको सुदुरपश्चिम क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकामा रहेको दूधाधारी नमुना माध्यमिक विद्यालय गुगौलीले विज्ञान विषय सञ्चालन गर्ने भएको छ । विद्यार्थी र अभिभावकको मागलाई मध्येनजर गर्दै शैक्षिक शत्र २०७८ सालदेखि कक्षा ११ मा विज्ञान विषयको अध्ययन अध्यापन गराउने प्रधानाध्यापक सुग्रीव प्रसाद कोरीले जानकारी दिनुभएको छ ।
विज्ञान विषय अन्तर्गत फिजिक्स, केमेस्टी«, बायोलोजी, मेजर म्याथ सञ्चालन हुने छन् । उक्त विद्यालयले प्लस टु मा कमर्श, मानविकी, एजुकेशन, आर्टस् र ३ वर्षे सिभिल इन्जिनियरिङ डिप्लोमा विषयमा गुणस्तरीय शैक्षिक क्रियाकलाप सञ्चालन भईरहेको प्रधानाध्यपक कोरीले बताउनुभयो ।
यस क्षेत्रमा शैक्षिक गुणस्तरीयतामा वृद्धि, विकास गर्न, विज्ञान विषय र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ डिप्लोमा अध्ययनका लागि टाढा जानुपर्ने बाध्यतालाई हटाउनुको साथै विद्यार्थी, अभिभावकको आवश्यकता र माग अनुसार विज्ञान विषय र सिभिल इन्जिनियरिङ डिप्लोमा सञ्चालनमा ल्याइएको दूधाधारी नुमना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम प्रकट कोरीले बताउनुभएको छ ।
कपिलवस्तुकै सुदुरपश्चिमको विकट क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकाको दूधाधारी नमुना माध्यमिक विद्यालयले यसरी विभिन्न संकायका विषयहरु सञ्चालनमा ल्याई रहँदा पालिकावासी खुसी भएका छन् । विज्ञान विषयमा नयाँ भर्ना र सिभिल इन्जिनियरिङमा पनि भर्ना खुलेकोले समयमै भर्ना हुन समेत विद्यालय अनुरोध गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

