Rashtriya Dainik

घरघरमा घुसखाेर छन विप्लव नेता : पुन

उत्तमकुमार थापा / बझाङ

नेपाल कम्युनिस्ट पार्टी विप्लवकाे पत्रकार सम्मेलन बझाङमा सम्पन्न भएको छ ।

जिल्लाकाे हाेटेल केपी प्लाजामा पत्रकार सम्मेलन भएको हाे । बुधबार भएको पत्रकार सम्मेलनमा नेता ओमप्रकाश पुनले घरघरमा घुसखाेर छन भन्दै सबैलाई खवदारी जनाउनु भएको थियाे ।

विगत ३ दिन अघि मात्र जिल्ला बाहिरी पार्टीको बैठक सम्पन्न भएको विप्लवका एक नेताले जानकारी दिनु भएको हाे । गाेप्य स्राेतका अनुसार विप्लवले समाजमा रहेका कुनै पनि भ्रष्टाचारीलाई नछाेड्ने निर्णय गरेकाे छ । बैठमा ९ बुधामा निर्णय गर्दै आगामि दिनमा जनता संग प्रत्येक्ष साझेदारी बन्दी जनताको सुख दुखमा लागेकाे दावी गरे ।

हाेटेल केपी प्लाजाकाे सभाहलमा पत्रकार सम्मेलनमा नेता ओमप्रकाश पुनले भने चारैतिर भ्रष्टाचार घुस लिने दिने भईरहेकाे भन्दै सबैलाई सचेत हुन र विप्लवलाई खवर गर्न अनुराेध गर्नुभएको हाे । उनले भाषणमा भने केन्द्र देखि स्थानीय तहमा भ्रष्टाचार अग्रस्थानमा रहेकाे दावी गरेका हुन ।

बझाङ जिल्ला ३ दिन सम्म चलेको बैठकलाई सम्वाेधन गर्न पुगेका नेता पुनले अागामि दिनमा दरिलाे हुन कार्यक्रतालाई अाग्रह गर्नुभएको थियाे । विप्लवकाे बझाङमा याे ५ अाै पुर्ण बैठक सम्पन्न भएको छ । कार्यक्रम भने नेपाल कम्युनिस्ट पार्टी विप्लवकाे जिल्ला सँयाेजक विराट उपाध्यायकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेता अाेमप्रकाश पुन विशिष्ट अतिथि केन्द्रीय सदस्य डवल बहादुर शाह लगाएत ७०/८० जनाकाे उपस्थिति रहेकाे थियाे भनी नेता जाेग कठायतले बताउनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित