Rashtriya Dainik

लागू पदार्थ सम्बन्धि अभिभावकहरुसंग अन्तक्रिया कार्यक्रम सम्पन्न

महेश यादव /नवलपरासी , १२ श्रावण

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ हातिबनमा लागू पदार्थ सम्बन्धि अभिभावकहरुसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एबिसि नेपाल , स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग तथा प्रतिफा किशोर किशोरी सञ्जालको अायाेजना र सरावल गाउँपालिकाकाे सहकार्यमा लागू पदार्थ सम्बन्धि अभिभावकहरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

सञ्जालका अध्यक्ष बुद्धसागर गुप्ताकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै अध्यक्ष गुप्ताले समुदायमा भएको विभिन्न रक्सि भठ्ठि र मदिरा पसलमा बिक्रीवितरणमा राेक लागाउनुका साथै जनचेतनामूलक सन्देश ,कार्यक्रम गराई मानिसलाई सचेत गरायनु पर्नेमा जाेड दिएका थिए । र बिशेष गरि हामी सम्पूर्णले अाफ्नाे छाेरा छाेरिलाई अाफै सचेत गराउनुपर्ने र अाफु पनि लागू पदार्थ सेवन नगर्ने बताउनुभएको थियोे ।

साे कार्यक्रममा एविसि नेपालका भाेलेन्टियर जानकि गाैड , दुर्गा विक , युवा नेसार अन्सारी लगाएतका ४५ जना अभिभावक तथा किशोरीहरुकाे सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित