इमरान खान कपिलवस्तु १२ साउन । निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टी नेपालको आधिकारीकता दाबीमा अध्यक्ष उपेन्द्र यावद पक्षलाई आधिकारीकता प्रदान गरेपछि जसपा कपिलवस्तुले आयोगको निर्णयको भब्य रुपमा स्वागत गरेको छ । जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवको अगुवाइमा भव्य रुपमा स्वागत कार्यक्रम गरेका थिए । यादवका अनुसार निर्वाचन आयोगले गरेको निर्णय सर्हानीय रहेको छ र उक्त निर्णयलाई हामी स्वागत योग्य निर्णय ।
उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षका जसपा नेताहरुले निर्वाचन आयोगको आजको निर्णयको स्वागत गरी कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ बगदीमा एक कार्यक्रमका साथ दिप प्रज्वलन समेत गरेका छन् । जिल्ला अध्यक्ष यादवको अगुवाईमा बगदीमा दिप प्रज्वलन गरीएको हो भने नेता कार्यक्रताहरुले एक आपसमा खुसीयाली साटासाट गर्दै मिठाइ समेत खुवाएर पार्टी आधिकारीकताको खुसी मनाएका छन् ।
जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।
५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्षमा रहेको भनी हस्ताक्षर गरेका छन् । त्यस्तै महन्थ ठाकुर पक्षमा १६ र रेशम चौधरी भने तटस्थ बसेका हुन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

