Rashtriya Dainik

नेपाली र भाेजपुरी सुपरस्टार विराज भट्ट घाइते भएपछि फिल्म सुटिङ रोकियो

काठमाडौं । भोजपुरी फिल्म सुटिङको क्रममा अभिनेता विराज भट्ट घाइते भएका छन् । भारतको लखनउमा भैरहेको भोजपुरी फिल्म आक्रोशमा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ ।

भित्र रगत जमेकाले चिकित्सकले तीन साता आराम गर्न सल्लाह दिएका छन् । विराज घाइते भएपछि अहिले फिल्मको छायांकन स्थगित भएको छ । केही दिनअघि फिल्म सुटिङ गर्न उनी लखनउ पुगेका थिए ।

सन्दीप सिंहले निर्देशन गरिरहेको उक्त फिल्ममा प्राची सिंह, सञ्जय पाण्डेय, मनोज टाइगर लगायतको अभिनय छ । ४० प्रतिशत छायांकन सकिएको फिल्मको एक्सन कोरियोग्राफी दिनेश यादवले गरिरहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित