महेश यादव/ नवलपरासी ,११ साउन
महिला निगरानी समिति र बाल संरक्षण समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र एविसि नेपालकाे अायाेजनामा सरावल -३ सरावलमा महिला निगरानी समिति र बाल संरक्षण समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।
वडा नम्बर -३ का वडा अध्यक्ष अणेन्द्र नाथ रायकाे अध्यक्षतामा महिला निगरानी समिति र बाल संरक्षण समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएकाे हाे ।
साे कार्यक्रममा प्रशिक्षण गर्दै प्रशिक्षक सुन्नर हरिजनले महिला निगरानी समिति र बाल संरक्षण समितिका पदाधिकारीहरुलाई अाफ्नाे जिम्मेवारी बहन गर्न र काम कर्तव्यकाे राम्रो संग पालना गर्न लगाएतका कुराहरु बताउनुभएको थियो ।

यस्तै कार्यक्रम पाल्हिनन्दन गाउँपालिका सुस्ता गाउँपालिका र सरावल गाउँपालिकाका ९ वटा निगरानी समिति र ९ बालअधिकार समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको एविसि नेपालका सुपरभाइजर राजेश कुमार अार्याले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

