Rashtriya Dainik

जीवन वृत याेजनाबारे अभिभावकहरुसंग छलफल कार्यक्रम सम्पन्न

महेश यादव/ नवलपरासी ,११ श्रावण

जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ ।

स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र एविसि नेपालकाे अायाेजनामा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर -३,४ र ५ मा जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको हाे ।

पाल्हिनन्दन गाउँपालिका वडा नम्बर -३ सानाे कुश्मा , वडा नम्बर -४ बरमपुरवा र वडा नम्बर -५ भगतपुरा हर्दिमा जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको हाे । सानाे कुश्ममा शिक्षक , बरमपुरवामा प्रहरी , र भगतपुरा र हर्दिमा टेलर मास्टर ( सिलाई मास्टर ) बन्ने सपना बाेकेका किशोरीहरुकाे जीवन वृत याेजनाबारे छलफल कार्यक्रम सम्पन्न भएको हाे ।

किशोरीहरुकाे मनाेकान्क्षा र भावना बुझि उनिहरु भित्र रहेकाे कला र प्रतिफालाई प्रतिस्फुटन गर्न र उनिहरुले साेेचेकाे सपना पूरा गर्नकाे लागि जीवन वृत याेजना बनाएको एविसि नेपालका सुपरभाइजर साईदा निश पठानले बताएईन । साथै किशोरीहरुकाे सपना सकार गर्न लाग्ने खर्च रकम र गर्नुपर्ने पुर्ब तयारी र अावश्यक पर्ने समाग्रिहरुकाे बारेमा उनिहरुकाे अभिभावकहरुसंग छलफल गरि जीवन वृत याेजना बनाएकाे एविसि नेपालकी भाेलेन्टिएर मनिता ढकालले बतानुभएकाे थियो

कार्यक्रम किशोरी र अभिभावकहरु लगाएत एविसि नेपालका भाेलेन्टिएर सुरेखा माैर्यकाे सहभागी रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित