दोरेन्द्र खड्का/ बझाङ: बझाङमा गएराती अज्ञात समूहले सहकारी संस्थाको जिपमा आगजनी गरेका छन् । जयपृथ्वी नगरपालिका ६ नौरामा रहेको आम्धारा नौरा कृषि सहकारी संस्थाको जिपमा अज्ञात समूहले आगजनी गरेको वडाध्यक्ष नरेन्द्र सिंहले बताए । गाउँमै पार्किङ गरी राखेको म १ च ७८३ नम्बरको जीपमा गए राति आगजनी भएको छ । वडाध्यक्ष सिंहका अनुसार जीपको अगाडीको सिसा फूटाएर पार्किङ गरेको ठाँउबाट २० मिटर अगाडी ल्याएर आगजानी गरिएको छ ।

आईतवार राति करिब १२ बजे तिर जिपमा आगजनी भएको बझाङ प्रहरीले जनाएको छ । आगजनीबाट जिपको अगाडीको सिट र पछाडिको पूरै भाग जलेर क्षति भएको छ । जीपमा आगजानी कसले र किन गरेको हो भन्ने बारेमा खोज तलासी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खडकाले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

