Rashtriya Dainik

किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण तथा जीवन वृत याेजनाबारे छलफल कार्यक्रम सम्पन्न

महेश यादव नवलपरासी ,१० श्रावण

पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका वडा नम्बर -४ नरसहिमा किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सुस्ता गाउँपालिकाकाे समन्वय तथा एविसि नेपालकाे अायाेजनामा लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।

समुदायमा दिन प्रतिन बढ्दै गरेको लागू पदार्थ सेवान गर्नेकाे संख्या ,लागू पदार्थ अाेसार पाेसार लगाएत महिलालाई विभिन्न काम बाट बन्चित राख्ने जस्ता लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक जस्ता समस्याकाे विषयमा प्रष्ट पार्दै समस्या समाधानका लागि गर्नु पर्ने कार्य र उपायहरु बताउदै प्रशिक्षण गर्दै प्रशिक्षक एविसि नेपालका सुपरभाइजर राजमन बरईले बताए ।
साथै ग्रामीण क्षेत्रकाे ब्यक्तिकरण बुझि समुदायमा बढदै गरेको लागू पदार्थ सेवन गर्ने र गर्न दिने लाई कार्वाहीकाे दायारामा लग्न र लागू पदार्थ नियुनयकरण गर्न अावश्क रहेको बताउनुभएको थियो ।

साे कार्यक्रममा समाजसेवि पुजा गाैतम ३५ जना किशोर किशोरी र अभिभावकहरुकाे सहभागीता रहेको थियो ।

त्यस्तै पश्चिम नवलपरासीको सुस्ता -४ दुर्गा टाेलमा जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ । स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र एविसि नेपालकाे अायाेजनामा सुस्ता -४ नरसहिमा रहेको दुर्गा टाेलमा जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको हाे ।

नर्स बन्ने सपना बाेकेका किशोर किशोरीहरुकाे जीवन वृत याेजना बारे छलफल कार्यक्रम सम्पन्न भएको हाे । युक्त कार्यक्रममा एविसि नेपालका सुपरभाइजर साईदा निशा पठान , समाजसेवि पुजा गुप्ता लगाएत ३३ जना किशोर किशोरी र अभिभावकहरुकाे सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित