महेश यादव /नवलपरासी ,१० गते
जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ । स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र एविसि नेपालकाे अायाेजनामा सरावल -६ कुर्थावलमा जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको हाे ।
किशोरीहरुकाे मनाेकान्क्षा र भावना बुझि उनिहरुले साेचेकाे लक्ष्य पुरा गर्न र समाजमा भएको विभिन्न मानिसहरुकाे नकारात्मक बुझाई हेर्ने दृष्टिकोण लाई बदल्न र किशोर किशोरीहरुकाे रुचि र चाहना अनुसारको कार्य गर्न सक्ने सक्षम बनाउने उदेश्यले शिक्षक सम्बन्धि जिवनवृति याेजना बनाउने कार्यक्रम सञ्चालन गरेको एविसि नेपालकि सुपरभाइजर साईदा निशा पठानले बताईन ।
साथै उनिहरुकाे गाेल वा ईछा अनुसारको कार्य गर्न दिने र एविसि नेपालले जिवनवृति लक्ष्य पूरा गर्नकाे लागि गरिब बिपन्न घरका किशोरीहरुलाई सधैं सहयोग गरिरहेकाे समेत बताउनु भएकोथियोे ।कार्यक्रममा उपस्थित किशोरीहरुले शिक्षक बन्ने लक्ष्य राखेकाे बताए । साे कार्यक्रममा किशोरी र तिनका अभिभावकहरुकाे सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

