अर्जुन शाह/ श्रावण १० गते/ वीरगन्ज
नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय मातहतको राष्ट्रिय युवा परिषदले पाच दिने प्रदेश स्तरिय र तीन दिने संघिय तहमा नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न गरेको छ। यो सङ्गै ७ ओटै प्रदेशमा एघार सदस्य सहितको कार्यसमितीको प्रदेस स्तरिय युवा संजालहरु गठन हुने भएका छन ।
संजाल गठन गर्ने क्रममा भर्चुअल बिधीबाट आइतबार बसिएको प्रदेश नम्बर २ कार्यसमितीको बैठकले श्याम साहको नेतृत्वमा प्रदेश संजाल टुङ्गो लगाएको छ । प्रदेश संजालमा बाराका श्याम साहले संयोजकको भुमिकामा पदवहन गर्नु भएको छ भने उपाध्यक्षमा सर्लाहीकि रन्जना नेपाल हुनुहुन्छ ।त्यस्तै सचीवमा पर्साकि गङ्गा श्रेष्ठ ,सहसचिवमा धनुसाका सबुर कुस्वाहा ,कोषाध्यक्षमा सिराहाका मो. नइम राइन सर्बसम्मतीले चयन हुनुभएको छ। सदस्यहरुमा महोत्तरी बाट पुजा साह ,आभास ठाकुर, दिपक यादव ,सप्तरी बाट पंकेस राज कुस्वाहा ,सर्लाही बाट स्मृति श्रेष्ठ ,रौतहट बाट अन्जुम बेगम लगायतको ११ सदस्यीय कार्यसमिति रहने गरि संजाल गठन भएको हो। कार्यक्रममा संघीय युवा संजाल प्रदेस न.२ का कार्यकारी इन्चार्ज रक्की प्रसाद साह र राष्ट्रिय युवा परिसद सचिवालयका श्याम काजी खत्रीको उपस्थित रहेको थियो। कार्यक्रममा प्रदेस संजालका सदस्यहरुले परिसदका श्यामकाजी खत्री सङ्ग विभिन्न विषयमा केन्द्रित रहेर अन्तरकृया र छलफल पनि गरेका थिए। नवगठित संजालले परिसदको उदेस्य बमोजिम प्रदेसका ८ ओटै जिल्लामा गुणस्तरीय र व्यावसायिक शिक्षा ,रोजगारी उद्यमशीलता र सीप बिकास ,स्वास्थ्य र सामाजिक सुरक्षा ,युवा परिचालन सहभागीता र नेतृत्व विकास ,खेलकुद र मनोरञ्जन लगायत बिसयमा केन्द्रित रहि प्रदेस,जिल्ला र विभिन्न पालिकाहरु सङ्ग समन्वय गरि कार्यक्रम गर्ने र युवा परिचालनमा विशेष सहजिकरण गर्ने संजालका संयोजक साहले बताउनु भयो। यो संजालको कार्यअवधी २ बर्षको रहने राष्ट्रिय युवा परिषद ऐन २०७२ मा उल्लेख गरिएको अध्यक्ष शाहले जानकारी गराएका छन्
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

