उत्तमकुमार थापा /कैलाली
युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना अन्तर्गत ३९० घण्टे तालिम सम्पन्न भएको छ ।
कैलालीको धनगढी उपमहानगर पालीका अन्तर्गत रहेकाे सनलाईट हाेटेलमा एक कार्यक्रमका विच सम्पन्न भएको हाे । अाज भएको कार्यक्रममा CTEVT का सुदुरपश्चिम प्रदेश प्रमुख डाक्टर कुष्माकर भट्टकाे अध्यक्षताका कार्यक्रम सुरु भएको हाे ।
सनलाईट हाेटेलमा सञ्चालन भएको कार्यक्रममा धनगढी उपमहानगर पालीका कृषि शाखा प्रमुख लाेकराज उपाध्याय गाेदावली नगरपालिका कृषि प्रमुख बासुदेव भट्टराई गाैरिगङ्गा कृषि शाखा प्रमुख दिपेन्द्र परियार कृषि क्षेत्रका प्रशिक्षकहरु कृषक तालिम प्रदायक कताहरु लगाएत सराेकारवालाकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै अध्यक्ष भट्टले भने, हाम्रो देशमा कृषकलाई विभिन्न तालिम दिने र प्रगति र समिक्षा गरेर अगाडि बढ्दै कृषि सम्वन्धि कार्यक्रमहरु काठमाडौ जस्ता शहरमा मात्र नभई गाउँघर र पत्यक्ष कृषक माझ हुनुपर्ने उहाकाे भनाइ छ । गाेष्ठिमा उपस्थित विज्ञका अनुसार हाम्रो कृषकले सबै एकै स्थानमा तरकारी गर्नु भन्दा अलगअलग मापदण्ड अनुसार लगाउन अनुराेध गर्नुभएको थियाे ।

पछिल्लो समय हाम्रो देशका युवाहरु राेजगारीकाे सिलसिलामा विदेश जान बाध्य भएको हुदा सरकारले यस्तो तालिमलाई प्रथामिक्ता दिदै निड्स नेपालले ल्याएकाे तालिम लाई सबैले साथ सहयाेग गर्न अनुराेध गरिएको हाे । अाज भएको कार्यक्रममा यसको प्रस्तुति तथा सहजिकरण झङकर कुवरले गरेका थिए भने निड्स नेपालका विनाेद कडाराले कार्यक्रम सञ्चालन गर्नुभएको थियाे सराेकारवाला र कृषक सँग अन्तरक्रिया गरिएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

