तुलसी राम पौडेल
सियारी, श्रावण ९
रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर -६ स्थित एभरेष्ट फिसभिलेजमा रास्टिय प्रजातन्त्र पार्टी क्षेत्रीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले उक्त प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाले प्रशिक्षणको उदेश्य पुरा गर्न गाउ गाउमा कार्यकर्ता खटिनुपर्नेमा जोड दिनुभयो।
राप्रपा प्रजातान्त्रिक युवक संगठन जिल्ला सभापति शंकर खत्रीले कार्यक्रमको उद्देशमाथि प्रकाश पार्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा विकास सम्बन्धि ,नेतृत्व सम्बन्धि ,सोच सम्बन्धि अभिमुखिकरणको सहजीकरण राप्रपा क्षेत्रीय अध्यक्ष प्रेमनारायण चौधरीले गर्नुभएको थियोे त्यसै गरी शंकर खत्रीले केन्द्रिय अधिवेशन ,आगामी निर्वाचनको उम्मेदवारी तयारी सम्बन्धि प्रशिक्षण दिनुभएको थियोे ।
राप्रपा क्षेत्रीय अध्यक्ष प्रेमनारायण चौधरीको अध्यक्षता, राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यता, राप्रपा क्षेत्रीय उपाध्यक्ष गोपाल भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा राप्रपा जिल्ला प्रवक्ता अजय कुमार गुप्ता ,क्षेत्रीय उपाध्यक्ष डा . अमित चतुर्वेदी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको संचालन द्वय राप्रपा प्रजातान्त्रिक युवक संगठन जिल्ला सभापति शंकर खत्री तथा राप्रपा क्षेत्रीय सहसचिव शंकर बहादुर कार्कीले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

