Rashtriya Dainik

साँस्कृतिक जनमत संघ जिल्ला कार्य समिति पर्सा गठन

अर्जुन शाह/श्रावण ९ /केहुणिया

पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नं २२ केहुणीयामा जनमत पार्टी जिल्ला समन्वय समिति पर्सा द्धारा साँस्कृतिक जनमत संघ जिल्ला कार्य समिति पर्सा गठन गरिएको छ
जनमत पार्टी जिल्ला समन्वय समिति पर्सा का सचिव बिनय यादवकाे अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथ सांस्कृतिक जनमत संघका केन्द्रीय संयोजक राईटर आरके राउत आफ्नो मन्तब्य ब्यक्त गर्दै भने यस संघ ले गना,कविता र सांस्कृतिक कार्यले जनमत पार्टी लाई विशेष सहयोग गर्ने प्रतिवद्धता गर्ने जनाएका छन् भने विशिष्ट अतिथिमा केन्दीय संचार विभागका प्रमुख टेक बा. राजवंशी ,अतिथिमा जिल्ला सह सचिव राजेश कुमार चौरासिया लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए
कार्यक्रममा पर्सा जिल्लाका बिभिन्न जनमत पार्टीका वाड कार्य समितिका वडा अध्यक्ष उपस्थिति रहेको थियो
शरतनेश प्रसाद चौरसियाकाे अध्यक्षतामा गठन गरिएको समितीमा सचिवमा सुरेन्द्र चौरसिया, सह सचिवमा बलिराम ठाकुर, कोषाध्यक्षमा उपेन्द्र उज्ज्वल, सदस्यमा श्री अर्जुन पाण्डे संगित पडित,सदस्य गोलु पाण्डे र छोटु पस्वान गरी ११ जिल्ला कार्य समिति गठन गरिएको छ

उपाध्यक्ष सहित आवश्यकता अनुसार समिति विस्तार गर्न मनोनीत गरेर समिति बढाउने गरि जिल्ला कार्य समिति ११ जनाको उपस्थिति गठन गरिएको अध्यक्ष चौरसियाले जनाएका छन्

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित