रंजीत शर्मा/ नवलपरासी/ ०९ साउन ।
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०३ कुश्मामा गुरु पूर्णिमाको उपलक्ष्यमा गुरु सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धार्थ माध्यमिक विद्यालय कुश्माको वि०स० २०५५ सालको एसएलसी परीक्षामा सहभागी विद्यार्थीहरुको आयोजनामा २०५५ सालमा अध्यपान गराउने गुरुहरूलाई सम्मान गरीएको छ।
वि०स० २०५५ को विद्धार्थीहरुको संयोजक गजानन्द पटेलको अध्यक्षता तथा तत्कालीन २०५५ सालको सिद्धार्थ माध्यमिक विद्यालयका प्रधााध्यापक श्रावण कुमार कुशवाहाको प्रमुख अतिथिक्ता एवम् पाल्हिनन्दन गाउपालिका उप-प्रमुख पाबित्री कोहारको बिशिष्ट अथीतीकता ,पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०३ का वडा अध्यक्ष गोधन प्रसाद हरिजनको विशेष अतिथिक्तामा सम्पन भएको छ।

कार्यक्रममा तत्कालीन शिक्षक रामशंकर चौधरी, लेखनाथ उपाध्याय, मिक्खु प्रसाद यादव, बर्कल्ला खान, मेहताब अलि अंसारी, पारस मौर्य, काशीनाथ चौधरी लगाएतलाई सम्मान गरीएको छ भने समाजसेवी गुड्डु गुप्ता ,पत्रकार रंजीत शर्मा, विनाेद निगम, सुरेश यादव लगायत सहभागिता रहेको थियो।
कार्यक्रम कमलेश गुप्ताले सञ्चालन गरेका थिए भनें तात्कालिन विद्यार्थी ओमहरी सहानि, रामेश्वर यादव लगायत सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

