Rashtriya Dainik

काङ्ग्रेस नेता जन्मेजय यादवद्वारा विद्यालयमा फिल्टर सहयोग

उमेश बि.क / नवलपरासी ,८ साउन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ नेपाली काङ्ग्रेस वडा कार्यसमिति सभापति जन्मेजय यादवले विद्यालयलाई फिल्टर सहयोग गर्नुभएको छ।

नेपाली काङ्ग्रेस वडा कार्यसमिति सभापति एवम् UBI इट्टा उद्योगका म्यानेजर समेत रहेका यादवले विद्यालयमा शुद्ध पिउने पानी नभएकोले अप्ठ्यारो भएपछि शुद्ध पानीको लागि फिल्टर सहयोग गरेको बताउनुभयो ।

फिल्टर शुक्रबार मदरसा गाैसिया मिसबाहुल अाेलुम सरावल ४ ललितपुर र जनता अधारभुत विद्यालय सरावल ५ धनगडवालाई कंक्रिट पद्धतिबाट पानी शुद्धिकरण गर्ने १/१ वटा फिल्टर यादवले विद्यालयलाई सहयोग गरेका हुन ।

फिल्टर सहयोग कार्यक्रममा सरिक हुनुभएको वडा नम्बर ४ वडा अध्यक्ष छाेटेलाल यादवले विद्यालयका विद्यार्थीहरुलाई स्वच्छ खानेपानी प्रदानलागि गरिएको सहयोग प्रसंसायाेग्य रहेको बताउदै वडा कार्यालयबाट अाफुले बजेट बिनियाेजन गरि भवन निर्माण कार्यमा सहयोग गरेकाे जानकारी गराउदै स्थानीय बासिले विद्यालय एवम मदर्शामा चासाे देखाउदै हातेमालो गरि संरक्षण गर्न जरुरी रहेको बताउनु भएको हाे ।


विद्यालयमा फिल्टर पाएपछि मदरसा गाैसिया मिसबाहुल अाेलुमका अध्यक्ष सद्दिक कुजडा ,
माैलाना सेराजुदिन खुुसी ब्यक्त गर्दै सहयोग प्रती धन्यवाद ब्यक्त गरेका हुन ।

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित