Rashtriya Dainik

पश्चिम नवलपरासीको बर्दघाटमा सवारी दुर्घटनामा परि एक जना गम्भिर घाइते

महेश यादव/ नवलपरासी ,८ श्रावण

पश्चिम नवलपरासीको बर्दघाटमा सवारी दुर्घटनामा परि एक जना गम्भिर घाइते भएका छन । पुर्व पश्चिमी राजमार्ग अन्तरगत पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु ५५ प ८१४६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको प्रदेश ०१ -०२-००१ ख ८४७५ नम्बरको मालबाहक ट्रकले ठक्कर दिदा मोटरसाइकल चालक सरावल गाउँपालिका वडा नम्बर -६ बस्ने अन्दाजी बर्ष ५० का पदुवारी यादव गम्भिर घाइते भएको र घाइतेको स्थानिय अस्पतालमा उपचार पश्चात थप उपचारको लागी बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपि राजु लामाले जानकारी दिनुभएको छ । दुर्घटनामा परेको ट्रक र चालकलाई बर्दघाट ईलाका प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित