Rashtriya Dainik

चितवनमा सैनिक हत्या प्रकरणमा उनकै साथी पक्राउ

८ साउन, चितवन । चितवनमा भएको एक सैनिकको हत्यामा संलग्न रहेको अभियोगमा उनकै साथी पक्राउ परकेा छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले हत्या आरोपमा भरतपुर महानगरपालिका-२० का गंगाधर ढकाललाई पक्राउ गरेको हो ।

बिहीबार भरतपुर १७ मा नेपाली सेनाका हवल्दार भरत गुरुङको शव भेटिएको थियो। फरेन्सिक जाँचमा उनको बायाँ कन्चटमा गोलि हानिएको देदिएको थियो।

चितवनका एसपी ओम अधिकारीका अनुसार ढकालले जग्गा कारोबारमा आठ लाख रुपैयाँको लागि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित