साउन ८, काठमाडौं – लामो समयदेखि रोकिएको प्रहरी नायब निरीक्षकको बढुवा सिफारिश भएको छ।
नेपाली कांग्रेस सरकारबाट गृहामन्त्रीको जिम्मेवारी पाउनु भएका गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीको मनोबल उच्च बनाउने गरि प्रहरी नायब निरीक्षकको बढुवा सिफारिश गर्नुभएको हो।
प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस सुची प्रकाशन गरेको छ। बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको हो।
२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ। बढुवा समितीले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ।
अर्जुन कुमार अधिकारी, उपेन्द्र बम, आशुतोष बहादुर शाही र गजेन्द्र रावल सहित ९८ जनालाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ।
सात दिनसम्म कुनै उजुरी नपरेमा गृह मन्त्रालयले सो सिफारिसलाई सदर गरेपछि बढुवाले पूर्णता पाउँछ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

