दोरेन्द्र खड्का /बझाङ जन्म दिनको अवसरमा वडा अध्यक्ष राेकायाले आर्थिक अवस्था कमजाेर भएकाहरूलाई सहयाेग गर्नु भएकाे छ ।
जयपृथिवी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष केशव राेकायाले आफ्न्नो जन्म दिनको अबसरमा जनपा ११ कि पुजा थापा र जनपा ११ कि निरा नेपालीलाई १/१ बाेरा चामल १/१ जाेर लुगा र १/१ जाेर जुत्ता चप्पल सहयाेग गर्नु भएको छ। आर्थिक अवस्था कमजाेर भएका पुजा र निरालाई आफ्नो सानाे सहयाेगले थाेरै राहत हुने राेकायले बताउनु भयाे ।
आफु जन्मेको दिनलाई निकै महत्त्वपूर्ण पनि मानिन्छ आमा बुवाको आश्रिबाद साथिभाईको माया सद्भाव र सामाजिक सञ्जालमा शुभकामना आदान प्रदान गरि हर्ष उल्लासका साथ मनाईने गरिन्छ । जन्म दिनमा फजुल खर्चलाई कटाएर आफुले सानै भएपनी सहयोग गरेको अध्यक्ष रोकायाले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

