Rashtriya Dainik

जनता समाजवादी पार्टी नेपालका भातृ संगठनका बरिष्ठ सहित ११ जनाद्वारा राजिना

अर्जुन शाह/वीरगन्ज/श्रवण ०६ गते
पर्सा जिल्लाको बीरगञ्जमा तत्कालीन समाजवादी पार्टी हाल जनता समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी विद्यार्थी युनियन पर्साका बरिष्ठ उपाध्यक्ष कृष्ण चाैरसियासहित ११ जनाले राजिना समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्षलाई दिएका छन् ।

जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टाराईले समाजिक संजालमा हिन्दु धर्ममाथी अघात पुग्ने गरी दिएकाे अभिव्यक्ति प्रति आपती जनाउँदै हामीहरुले सामुहिक रुपमा राजिनामा दिएकाे वरिष्ट उपाध्यक्ष चाैरसियाले वताए ।

उनीसंगै प्रदेश सदस्य तथा जिल्ला सचिव राजु राज गिरी, काेषाध्यक्ष सुशिल यादव, सदस्यहरुमा सन्दीप चौहान, अंकुश मण्डल, प्रित्तम उपाध्याय, रवि गुप्ता, ओमहरी यादव, राजकुमार साह, भुवन गिरी, दिलखुश देवानले राजिनामा दिएका छन।

उनीहरुले आफुहरु आवद्ध रहेको भातृ संगठन कै पार्टीका संघिय परिषद अध्यक्ष डा. भट्टाराईले आफ्नो टुईटर मार्फत हिन्दु धर्ममाथी अघात पुग्ने गरी दिएको अभिव्यक्ति प्रति दुःख समेत प्रकट गरेका छन् ।

यस अघि पनि उनेले बारम्बार हिन्दु धर्ममाथी अघात पुग्ने र हिन्दु समुदायलाई अपमानित हुने गरी अभिव्यक्ति दिदै आउनु भएकोले हाम्रो धर्म र संस्कृृति माथी आँच पुग्ने हुँदा हामी उनकै अध्यक्ष रहेको पार्टीका विद्यार्थी भातृ संगठनका पदाधिकारीहरुले सामुहिक रुपमा राजिनामा दिन बाध्य भएकाे चाैरसियाले वताए ।

यसका साथै पार्टीको विद्यान विपरित एकतर्फी रुपमा पार्टीका संघिय परिषद अध्यक्ष डा. भट्टाराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवले विभिन्न प्रलोभनमा परी मधेश आन्दोलनका मुद्दा समेत छोडेको निष्कर्ष निकाल्दै आफुहरु पार्टीमा रहीरहनु कुनै औचित्य नरहेको ठहर गर्दै राजिनामा दिएकाे जिल्ला सचिव गिरीले वताए ।

उनले भने नेताहरुले मधेशका मुद्दाहरु आफनो निजी मन्त्रालयको लोभ लालच र स्वार्थका लागि पटक पटक धोका समेत दिदै आएको हाम्रो निष्कर्ष रहेको छ । पार्टीको गतिविधि र हिन्दु धर्ममाथि बारम्बार आघात हुने गरी दिएको अभिव्यक्तिको घोर विरोध गर्दै पार्टीमा रही रहनु औचित्य नभएको हुनाले आजको मिति देखि लागु हुने गरी पार्टीबाट सामुहिक रुपमा राजिनामा दिएका छौ ।”

राजिनामा जनता समाजवादी पार्टी पर्सा, जनता समाजवादी पार्टी नेपाल केन्द्रिय कार्यालय काठमाण्डौ, समाजवादी विद्यार्थी युनियन केन्द्रिय कार्यालय काठमाण्डौ र समाजवादी विद्यार्थी युनियन, प्रदेश नं‍. २ जनकपुरधामलाई समेत बोधार्थ गरिएकाे छ

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित