Rashtriya Dainik

कांग्रेसबाट मन्त्री बन्‍नेहरूको प्रारम्भिक लिस्ट तयार

काठमाडौँ । सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको प्रारम्भिक लिस्ट तयार पारेको छ । आज महामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेसका नेताहरुको छलफलले कांग्रेसबाट मन्त्री बन्नेहरुको लिस्ट तयार पारेको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको समूहबाट देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर मन्त्री बन्ने सम्भावना बढेको छ । पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित देवेन्द्रराज कंडेल सेर बहादुर देउवाका विश्वास पात्र पनि हुनुहुन्छ । प्रतिद्वन्द्वीलाई करिव १० हजार बढी मतान्तरले पराजित गर्न सफल हुनुभएका कंडेलले संचार मन्त्री पाउन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

त्यस्तै कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको समूहबाट सञ्जयकुमार गौतम, कांग्रेसका अर्का महामन्त्री खड्काको समूहबाट कांग्रेस सचेतक पुष्पा भुसाल, वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट राजन केसी र कृष्णप्रसाद सिटौलाको समूहबाट भीमसेनदास प्रधान मन्त्री बन्ने सम्भावना बढेको हो ।

गठबन्धनको सरकार भएकोले कांग्रेसले ६ मन्त्रालय पाउने लगभग पक्का जस्तै छ । यसअघि नै प्रधानमन्त्री देउवाले आफ्नै समूहका नेता बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाइसकेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित