कृष्णा यादव / वीरगंज ६
वीरगंज भन्सारको पछाडिवाट व्यापक रुपमा लत्ताकपडा कबाडको व्यापक रुपमा तस्करी शुरु ।
विश्वव्यापी रुपले फैलिरहेको नोबेल कोरोना भाईरसको नियन्त्रणको लागि सिमानाका सिल भएपनि वीरगंज भन्सार स्थित रहेको सशस्त्र प्रहरीको मिलोमतोमा भन्सारको पछाडिको बाटो भई रातिको समय तस्करहरुले भारतवाट नेपाल तर्फ लत्ताकपडा , हाडयेवर, जुत्ता चप्पल ,भैसी रंजनिगंधा, माछा लगाएतका सामानहरु भित्राईरहेका छन् भने नेपालवाट भारत तर्फ कबाड, मोटर , चाईनिज स्याऊ लगाएतको व्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ।
सिमानाकाका मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको सहयोगले तस्करीहरुले ईनार्वा गाऊ भई तस्करहरुले दिनहुँ ५० लाख रुपैयाको भारतवाट नेपाल र नेपालवाट भारत तर्फ राज्शव छलि गरि भित्राईरहेको छन्।
पर्सा प्रहरीले तस्करीमा कडाई गरि पटक पटक अवैध सामानहरु पक्राउ गरिरहेपनि सशस्त्र प्रहरीले तस्करहरु संग मोटो रकमको नजराना बुझी वीरगंज भन्सारको पछाडिको बाटो भई तस्करीको लाईन दिएको कारणले गर्दै नेपाल प्रहरी नै बदनाम हुने गरेको नाम नछाप्रने सर्तमा एक प्रहरी अधिकारीले जनाएका छन्।
प्राप्त सुचना अनुसार सशस्त्र प्रहरी बिअोपी भन्सारको सहयोगले हिजो बेलुकाको समयमा तस्करहरूले 3 वटा ठेलामा कबाड लोड गरि नेपालवाट भारत तर्फ भित्राईएको नाम नछाप्रने सर्तमा यश अनलाईनलाई एक तस्करले बताएका छन्।
सशस्त्र प्रहरी बल २ प्रदेश प्रमुख डिअाईजी चन्द्रप्रकाशले अाफु ईमनदार भएको दाबि गरेपनि उनको मातहतमा रहेको सशस्त्र प्रहरी बीअोपी वीरगंज भन्सारको मिलोमतोमा भईरहेको ठुलो मात्रामा भईरहेको हुदा उनी माथि पनि शंकाको प्रशन ऊठेको छ ।यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

