दिपेन्द्र खत्री¬ ०६ साउन अर्घाखाँची ।
आफ्नो धार्मिक संस्कार अनुसार श्रीमानको दाहसंस्कार गर्ने भन्दै केही घण्टासम्म शव उठाउन रोकेकी अर्घाखाँचीकी तुलसा विकले साढे दुईमहिनापछि श्रीमानको हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरेकी छिन्।तुलसाका श्रीमान ४९ वर्षीय रन बहादुर विकको गत बैशाखमा अग्यात रोगका कारण मृत्यु भएको थियो।तर कोरोनाको बढ्दो संक्रमणकाले गर्दा उनलाई पनि कोरोना ले हुनसक्ने भन्दै जनप्रतिनिधि,समाजसेवी,बुद्धिजीवी र परिवारको सल्लाह अनुसार अाफ्नै दुई छाेराले घर नजिकैको सानीखोली क्षेत्रमा लगेर उनको शव गाडेका थियो। रोजगारीका लागि भारत गएका रन बहादुर कोरोना संक्रमणको महामारीपछि बैशाखमा गाउँ फर्किएका थिए।
ढ
गाउँ फर्किएका उनी क्वारेन्टिनमा नभई सिधै आफ्नै घरमा बसेका थिए। पहिलेदेखि नै सुगर रोगी रन बहादुर लाई होम क्वारेन्टिनमै स्वास्थ्य समस्या देखिएको थियो । भारत वाट नेपाल फर्किदा कोरोना परीक्षणको लागि स्वाब संकलन दिन अप्ठ्यारो मानेका रन बहादुर घर अएको दोस्रो दिननै निधन भएको थियो।छोरा संग संगै घर आएका रन बहादुर घरमा आएपछि ठिकठाक खाना खाएर सुतेका थिए, तर अर्को दिन बिहान छोरा उठाउन जादा उनले यो संसार छोडिसकेको अबस्थामा ओछ्यानमा भेटिए,अन्य नागरिकहरुले लास छुन गाह्राे मानेपछि घरकै दुई छाेराले शव व्यवस्थापन गरेका थियो।
मृतकका छिमेकीहरुले शव नगाड्ने PCR चेक गर्ने अनि धार्मिक संस्कार अनुसार दाहसंस्कार गर्ने भनी विवाद समेत गरेका थिए । दुःखको बेला समेत अवरोध गरेका कारण घर नजिकै लगेर शव गाड्नु परेको छिमेकीले बताए।मृतकका आफन्तहरुले सुरूमा घर नजिकैको बाह्रमासे वनमा गाड्ने भनेर लगिए पनि स्थानीयले अवरोध गरेपछि घरनजिकै रहेको छहरा खोला नजिकै ल्याएर गाडिएको बताए।मृत्यु पछि पनि शव गाड्न लागि अवरोध भयो, स्थानीयले नदिएपछि घर नजिकै सानीखोली ल्याएर गाडिएकोले घरपरिवारलाई सधैँ पीडा बल्झिरहेपछि उत्खनन् गरेर भए पनि दाहसंस्कार गर्ने निर्णय गरेको समाजसेवी तथा शिक्षक प्रभात कुवंरले जानकारी दिए ।
मंगलबार बिहान ३र४ घन्टा लगाएर शव निकालेर घरपरिवार, आफन्त ,छिमेकी तथा मलामी सहित साउन ०५ गते शव गाढिएको नजिकैको खोलामा ल्याएर दाहसंस्कार गरियो,दुई तीन ठाउँ डुलाउँदै घरनजिकै ल्याएर शव गाड्नु पर्दा श्रीमानको आत्माले पनि शान्ति पाएको थिएन, हामीलाई पनि घर वरिपरि हिँड्डुल गर्दासमेत मानसिक पीडा भइरहेको थियो, अब त श्रीमानको आत्माले शान्ति पाउला भनी गहभरी आँसु ल्याँउदै श्रीमती तुलसा विकले भनिन् ।
त्यतिबेला परिवारले चाहेको ठाउँमा शव व्यवस्थापन र परम्परा अनुसार दाहसंस्कार गर्न पाएका थिएनन् । अहिले ३ महिनामा शव उत्खनन् गरेर हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको जनप्रतिनिधि तथा छिमेकी लाेक बहादुर कुवंर वताए। सुरू सुरूमा कोरोना संक्रमणका कारण मृत्यु भएकाहरूको शव नेपाली सेनाले व्यवस्थापन गर्ने गर्थ्यो।आफन्तले अन्तिम विदाइ त परको कुरा शव छुनसमेत पाउँदैनथे। पछिल्लो समय भने सरकारले नियम परिवर्तन गरेको छ कोरोना संक्रमितको मृत्यु भए पनि परिवारले आफैं अन्तिम संस्कार गर्न सक्छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

