संजय कुशवाहा / नवलपरासी ५ साउन
पश्चिम नवलपरासीको बिभिन्न ठाउँबाट २ लाख ७५ हजार मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार दिउसो पाल्हिनन्दन गाउँपालिका वडा नं. २ भक्सिपुर स्थित भारतबाट नेपालतर्फ भन्सार छली अबैधरुपमा लग्दै गरेको अन्दाजी १ लाख १९ हजार मुल्य बराबरको थान कपडा, लेडिज कुर्ता सुरुवाल, लेगिज, पर्दा लगायतका कपडा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
उक्त मालसामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस भागेका थिए ।
बरामद सम्पुर्ण मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ ।
त्यसैगरी अवैध रुपमा ५ वटा मोटरसाईकलमा राखि ल्याउदै गरेको ३ सय ९२ जिउ वोईलर कुखुरा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं.१८ बंजरिया स्थितबाट बरामद गरेको छ । उक्त कुखुराको अन्दाजी मुल्य १ लाख ५६ हजार ८ सय बराबर रहेको छ । बरामद गरिएको कुखुरा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय महेशपुर बुझाईएको जिल्ला प्रहरी कार्यालयका पश्चिम नवलपरासीले बताएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

