Rashtriya Dainik

लागू औषध सहित पक्राउ परेका वडाध्यक्षलाई छुटाउन विभिन्न हतकन्डा अपनाइदै

पर्सा, ५ श्रावण /
पर्सा प्रहरीले गत आइतबार राती लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) सहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरेबाट नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष अमेरिका सहनी सहित तीन जनालाई ७९ ग्राम लागू औषध खैरो हिरोईन सहित वीरगन्ज १९ तिलावेपुल स्थित बर्वाबाट ईलाका प्रहरी कार्यालय पोखरीले पक्राउ गर्न सफल भएको थियो ।
प्रहरीले वडा अध्यक्ष सहनी चढेको पकाहामैनपुर गाउँपालिकाको ना १ ब ३५९५ नम्बरको सरकारी मोटरसाईकलको फिल्टरभित्र लागू औषध ब्राउन सुगर लुकाई राखेको अवस्थामा बरामद गरेको थियो । सहनीलाई अर्को ना ६२ प १९४२ नम्बरको स्कटिङ्ग गरीराखेको लागू औषध गाँजा मुद्दामा धरौटीमा रिहा भएका बलिष्टर सहनी र उनको मोटरसाईकल पछाडी सवार रामआदेश सहनीलाई समेत पक्राउ गरेको थियो ।
पक्राउ परेका तीनजनालाई लागू औषध सहित सोमबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक समेत गरीसकेको छ । उनीहरु विरुद्ध लागू औषध कारोबार सम्बन्धी मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धान समेत शुरु गरीसकेको पर्साको प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी गराएका छन ।
लागू औषध सहित पक्राउ परेका सहनीलाई छुटाउँन आर्थिक चलखेल समेत शुरु भएको श्रोतले जनाएको छ । वडा अध्यक्ष सहनी आफनो गाउँपालिका क्षेत्रका दमंग नेताको रुपमा चिनिन्छ । उनी लागू औषध गाँजा मुद्दामा समेत पक्राउ परी सकेका छन । विभिन्न अपराधीत गतिविधिमा समेत संलग्न हुदै आएको प्रहरी रेर्कड मै छ ।
पक्राउ परे लगतै एमालेका केहि नेता र उनी निकट पत्रकार छुटाउनको निम्ती विभिन्न हतकण्डा अपनाईरहेको रहस्य खुल्दै गएको छ । आईतबार राती पक्राउ परेका सहनीको समाचार बाहिर नल्याउँन २ लाख रुपैया समेत खर्च गर्न केहि पत्रकार नै लागि परेका थिए तर उनको योजना असफल भयो । प्रहरी कसैको दबाब वा प्रभावमा नपरी तीनै जनालाई सार्वजनिक गरिदियो ।
सहनीलाई छुटाउँन अहिले प्रहरी र जनतामा भ्रष्म फैलाउँने काम भईरहेको छ । रंगेहात लागू औषध ब्राउन सुगर सहित पक्राउ परेपनि उनलाई जबरजस्ती फसाउँने काम गरेको भन्दै उनलाई छुटाउँन प्रहरीलाई दबाब र जनतामा भ्रष्म छर्ने काम भईरहेको छ । सहनी स्थानिय प्रभावशाली नेताको रुपमा रहेको हुनाले आफनो साख जोगाउँन केहि एमालेका नेता समेत छुटाउँन लागि परेको श्रोतले जनाएको छ ।
प्रहरीले अनुसन्धान गरिरहेकै अवस्थामा केही पार्टीकारिताबाट ग्रसित मानिक्ता भएकाहरुले प्रहरीको अनुसन्धानमा बाधा पुर्‍याउँन योजनाबद्ध रुपमा भ्रष्म फैलाउँने काम भईरहेको छ । लागू औषध सहित पक्राउ परेका वडाध्यक्षको कारोबारमा कुन कुन व्यक्तिको संलग्नता छ, त्यो प्रहरी अनुसन्धानबाट खुल्ले भएकोले प्रहरीकै अनुसन्धानमा बाँधा पुर्‍याउँन भ्रम फैलाउँने काम भईरहेको छ ।
मुलुकको कानुनमाथि विश्वास छ, भने प्रहरीलाई निश्पक्ष रुपमा छानविन गर्न दिनुपर्छ यसमा बाँधा पुर्‍याउँने कसैको अधिकार छैन । यदी सहनी निर्दोष छ भने, प्रहरीले दुधको दुध पानीको पानी छुट्याई दिन्छ । तर अनुसन्धानकै क्रममा रहेको व्यक्तिलाई आफनो पदियमर्याको ख्याल नगरी त्यसलाई छुटाउँनको निम्ती दबाब दिएर प्रहरीको अनुसन्धानमा बाँधा पुर्‍याउँनु सरासर गलत रहेको स्थानियको बुझाई छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित