काठमाडौं । कक्षा १२ को परीक्षा ३१ साउनदेखि सुरु हुने भएकाे छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बाह्रखलाई बताए ।
उनले परीक्षा साउनको अन्तिम दिन सुरु भएर भदौ ९ गते सकिने बताए । परीक्षा तालिका र मिति बोर्डको वेबसाइटमा आजै राखिने प्रवक्ता अर्यालले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

