Rashtriya Dainik

पोर्न फिल्म बनाएको र प्रसारण गरेको आरोपमा राज कुन्द्रा पक्राउ

काठमाडौँ — मुम्बई प्रहरीले बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रालाई पक्राउ गरेको छ । पोर्न फिल्म बनाएको तथा त्यसलाई अनलाइनमार्फत प्रसारण गरेको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोबाइल एपमार्फत फिल्म प्रसारण गरेको आरोपमा कुन्द्रालाई पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको छ । ‘यसबारेमा हामीसँग पर्याप्त प्रमाण छन्, थप अनुसन्धान गरिरहेका छौं,’ मुम्बई प्रहरीले प्रेस रिलिजमा भनेको छ । ब्रिटिस रियालिटी सो ‘सेलेब्रिटी बिग ब्रदर’ को २००७ का विजेतासमेत रहेकी शिल्पाका श्रीमान् कुन्द्रा यसअघि पनि पटक–पटक विवादमा मुछिएका छन् । सन् २००५ मा कुन्द्रालाई क्रिकेटमा म्याच फिक्सिङको आरोप लागेपछि क्रिकेटसम्बन्धी सबै प्रकारका गतिविधिमा आजीवन प्रतिबन्ध लगाइएको थियो ।
त्यतिबेला उनले शिल्पासँग मिलेर राजस्थान रोयल्सको व्यवस्थापन गरेका थिए । भारतमा पोर्नोग्राफी उत्पादन र प्रसारण गैरकानुनी मानिन्छ । तर व्यक्तिगत रुपमा पोर्नोग्राफी हेर्नुलाई भने गैरकानुनी मानिदैन । अमेरिका र बेलायतपछि भारतबाट सबैभन्दा धेरै पोर्न फिल्मका दर्शक रहेको बताइएको छ ।

नेपालमा पश्मिना व्यवसायदेखि हिरा व्यापारसम्म

बीबीसी हिन्दीका अनुसार राज कुन्द्राका बुवा बालकृष्ण बेलायतमा बस कन्डक्टरका रुपमा काम गर्थे । सन् १९९४ मा कुन्द्रा व्यवसाय गर्न नेपाल आएका थिए । नेपालमा पश्मिना सलको व्यवसायबाट उनले राम्रो आम्दानी गरेका थिए । त्यसैबाट उनको भाग्य फेरिएको बताइएको छ । उनी नेपालबाट बेलायत फर्केर पश्मिना सल आपूर्ति गर्न थाले । उनले बेलायतका चर्चित फेसन हाउसमा पश्मिना आपूर्ति गरे । पहिलो वर्ष नै उनले पश्मिना व्यवसायबाट २ करोड पाउन्ड कमाएका थिए ।

पश्मिना व्यवसायपछि उनले हिराको व्यापारमा हात हाले । रुस, युक्रेन, यूएईलगायतका मुलुकमा खानी, घरजग्गा र ऊर्जा क्षेत्रमा पनि लगानी गरे । विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न असमर्थ रहेका कुन्द्राले डेढ लाख रुपैयाँबाट व्यवसाय सुरु गरेका थिए ।

उनले सन् २००९ मा शिल्पा सेट्टीसँग विवाह गरेका थिए । शिल्पा र कुन्द्राका एक छोरा र एक छोरी छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित