Rashtriya Dainik

बिना अौषधीको पोखरिया अस्पताल,अस्पताल र समिति अाफ्फै बिमार,कसरी गर्छ बिरामीको उपचार

राजन कुमार बानिया /पोखरिया, ५ साउन
बिना अौषधीको पोखरिया अस्पताल अस्पताल र समित अाफ्फै बिमार भएको अवस्था रहेको छ। पर्साको दोस्रो सदरमुकामको रुपमा रहेको पोखरिया अस्पतालमा पुगेका बिरामीहरु ओपिडी पाउने निशुल्क औषधी र स्वास्थ्य बिमा पाउने अौषधी नपाउँदा बिरामीहरु थप पिडामा परेका छन।
पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा विगत ४ महिनादेखि बिरामीहरुले ओपिडी पाउने निशुल्क औषधी र स्वास्थ्य बिमाको लागि उपल्भद हुने अौषधी समेत नपाएको कारण बिरामीहरु खाली हात घर फर्कन बाध्य भएका छन् । उपचार गराउन पुगेकी धोबिनी गाउँपालिका वाड नं ४ लंगडीकि ज्ञान्ती देबीले स्वास्थ्य बिमाको कार्ड लिएर जादा पोखरिया अस्पतालले २५ रुपैया लागने टिकटको २ सयको टिकट र रगत पेसाबको नाउँमा १३ सय गरि १५ सयको बिल बनायो तर डाक्टरले लेखेको अौषधी अस्पतालबाट एक रुपैयाको अौषधी पाएन डाक्टरले लेखे को अौषधी अस्पताल बाहिर दुई हजारमा किन्न बाध्य बनाएको थियो । स्वास्थ्य बिमाको कार्ड रहेपनी पोखरिया अस्पतालले अौषधी उपलभद नगराएकोमा बाध्य भएर बाहिर किन्नु परेको बताईन । पोखरिया अस्पतालमा निशुल्क अौषधी र स्वास्थ्य बिमाको अौषधी नपाएको कारण समस्या देखिएको गुनासो गरिन।नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा गाउँ गाउँका जनताहरुले स्वास्थ्य बिमा खोले पनि जनताहरुलाई फाईदा नरहेको देखिएको छ। स्वास्थ्य बिमामा लगानी बालुवामा पानी जस्तै भएको छ। नेपाल सरकारले निशुल्क अौषधी खरिद र स्वास्थ्य बिमाको अौषध् खरिदको लागि करोडौं रकम पठाएपनी पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्,अस्पताल समिति र पोखरिया नगरपालिकाले बह्रम लुट मचाएर अौषधी बिहिन अस्पताल बनाएका छन। बिना अौषधी पोखरिया अस्पताल ,अस्पताल र समिति अाफ्फै बिमार कसरी गर्छ बिरामीको उपचार यस्तै अवस्था भएको छ पोखरिया अस्पताल को। अहिले ग्रामिण क्षेत्रमा मौषम परिवर्तन भएकोले अहिले भाईरल ज्वरो आएपछि चेकजाँचका लागि अस्पताल अाएपनी घण्टौं कुरेपछि चेकजाँच गरिने गरेको र डाक्टरहरुले लेखेको निशुल्क अौषधी नपाएकोले बिरामीहरु घर फर्कन बाध्य बनेका छन। जबकि प्रदेश सरकार मातहत रहेको सो अस्पताललाई ओपिडी सेवा बिहान १० बजेदेखि २ बजेसम्म सन्चालन गर्न निर्देशन छ । तर प्रदेश सरकारको निर्देशनको अवज्ञा गर्दै चिकित्सकहरु भने अस्पतालको ड्युटी छोडेर आफ्नो निजी क्लिनिकमा पुग्ने गरेका छन् । बाहिर निजी क्लिनिकमा चेक गराउन बाध्य बनाएर निशुल्क पाउने औषधी समेत बाहिरका औषधी पसलबाट किन्न पोखरिया बैरियाका सुखल पटेलले गुनासो गरेका छन। पोखरिया अस्पताल पुग्ने जो कोही पनि यस्तै पिडा भोग्न बाध्य भएका छन् । धेरै जोगी मठको उजाड भन्ने अवस्था भईसकेको छ पोखरिया अस्पतालको यो भन्दा पहिला नै ठिक थियोे ।
अस्पताल मा निशुल्क अौषधी बिरामीहरुले पाईरहेको थियोे । अहिले तीन तह को सरकार रहेपनी कमाउने खाने अस्पताल बनाई दिएका छन। यस विषयमा पोखरिया अस्पताल मेडिकल सुपरिटेन्डेन्ट संजय गुप्ता संग बुझ्दा पोखरिया अस्पताल को अवस्था नै दयनिय बनेकोले अौषधी नै कहापाउने बताए । औषधीको विषयमा बुझ्दा अस्पतालको फार्मेसीबाट निशुल्क वितरण गरिने ७० प्रकारको औषधीमध्ये विगत ४ महिनादेखि ५ प्रकारको औषधी मात्र अस्पतालको फार्मेसीमा रहेको उनले बताइन् । नेपाल संघिय सरकार ६० लाख र प्रदेश सरकारले पोखरिया अस्पतालमा औषधी खरिद गर्नको लागि ५० लाख रुपैया गरि करोडौंको रकम पठाएपनी अस्पताल समिति र नगरपालिकाले ब्रहमलुट गरेका छन। समिति का अध्यक्ष लक्षमण साहसंग सोधदा अौषधी खरिद भईएर पोखरिया अस्पताल मा गईसकेको छ ।डाक्टरहरु किन बितरण गरिरहेको छै।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित