सुरेश कुमार पांडेय ,कपिलवस्तु कार्तिक १८ कपिलबस्तुको मर्यादपुर नाकामा रु.६० लाख बढि पर्ने ब्राउन सुगर सहित एक एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ । जिल्लाको यशोद्धरा गाउपालिका ५ सुठौली भन्सारको व्यारियलमा बि.ओ.पी. मर्यादपुर बाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा खटिएका ५ जनाको टोलीले चेकिंग गर्ने क्रममा कपिलबस्तु नगरपालिका १० बस्ने २३ बर्षिय दिप चन्द्र सिंह क्षेत्री लाई ६१.१८० ग्राम ब्राउन सुगर सहित बरामद गरेको हो । भारत बाट लुकाई छिपाई ल्याइ रहेका ती व्यक्ति मार्थी शंका लागी चेक जाँच गर्दा निजले बोकेर ल्याएको १४ पीस ब्राउन सुगरको पोका बरामद गरेको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले जानकारी दिनुभएको छ । बरामद गरेको ब्राउन सुगर भारत बाट नेपाल आएपछि अन्र्तराष्ट्रिय बजार मुल्य ६० लाख बढि पर्ने बताइएको छ । कपिलवस्तुका सुरक्षाकर्मीले लागु औषध ओसारपसार नियन्त्रणका लागी थप कडाई गरे सगै पछिल्लो समय सिमा क्षेत्रमा लागु औषध बरामद हुने क्रम बढेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।