Rashtriya Dainik

नवलपरासीकाे दुबाैलियामा दाइजो प्रथा विरुद्ध मन्चिय नाटक सम्पन्न

उमेश बि.क / नवलपरासी ,५ साउन

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर ५ दुबाैलियामा दाइजो प्रथा विरुद्ध मन्चिय नाटक सम्पन्न भएको छ ।

संघर्ष संवाद केन्द्र दुबाैलियाको आयोजनामा र ए.बि.सी नेपाल तथा स्ट्राेम फाउन्डेसनको सहयोगमा एवं सरावल गाउँपालिकाकाे समन्वयमा संघर्ष संवाद केन्द्रका यसयसटि अध्यक्ष जवाहिर केवटकाे अध्यक्षतामा तथा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे प्रमुख अातिथ्यतामा मन्चिय नाटक सम्पन्न भएको हाे।

दाइजो प्रथा विरुद्ध मन्चिय नाटकलाई सम्बाेधन गर्दै प्रशासकीय अधिकृत पाैडेलले मन्चिय नाटक अहिलेको अवस्थामा बालबालिका, युवा र महिला दिदिबहिनीहरुको लागि अति आवश्यक रहेको बताउनु भयो। दाइजो प्रथा सामाजिक अपराध हाे। दाइजो प्रथाकाे कारणले कयौं घरबार तहसनहस भइसकेको छ। याे समाज बिकाशकाे अवराेधक हाे। त्यसैले यसप्रकारका दाइजो प्रथा समाजबाट हटाउनुपर्छ र अरुलाई पनि यससम्बन्धी अाफुले थाहा पाएकाे सुचना र जानकारी प्रदान गरी जिम्मेवार नागरिकको परिचय दिनुपर्छ । बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान अभिभावक र साथीहरू ठुलाे भुमिका खेल्दछन । साथै यस्ता दाइजो प्रथा बिरुद्ध सचेतना कार्यक्रम समय समयमा गर्न एकदमै जरुरी रहेकाे बिचार राख्नुभएको थियो ।

नाटकमा दाइजोको कारणले गर्दा महिलाले घर र बाहिर समाजमा खेप्न परेको समस्या तथा दाइजोकै कारणले गर्दा महिलाको ज्यान समेत जाने र जस्ता कुरिती प्रथाहरुको अन्त्य गर्ने उदेश्यले दाइजो प्रथा विरुद्ध मन्चिय नाटक गरिएको ए.बि.सि नेपालकी सहजकर्ता साइदा नेसाले बताउनु भएको हाे । समाजमा दाइजोको कारणले घटेको घटनालाई कसरी न्यूनीकरण गर्ने जस्ता उपाय र दाइजो विरुद्ध समाज तयार गर्ने जस्ता सचेतनामुलक नाटक प्रस्तुत गरिएको थियो ।

मन्चिय नाटकमा जनबिकास संवाद केन्द्रका यसयसटि सदस्य लक्षमण चाैधरी , राष्ट्रिय दैनिककाे कार्यकारी निर्देशक उमेश बि.क,कृषि शाखाका अर्जुन पाैडेल, नेटवर्क अध्यक्ष महेश यादव ,सहजकर्ता दुर्गा बि.क लगायतका वक्ताहरुले दाइजो प्रथा विरुद्ध आफू र घरबाटै सुरु गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित