Rashtriya Dainik

एक आर्थिक वर्षमा बैदेशिक रोजगारीको क्रममा पश्चिम नवलपरासीका चौबीस जनाको मृत्युु

पुरन अधिकारी ,पश्चिम नवलपरासी

बैदेशिक रोजगारीलाई मर्यादित बनाउनका लागि नेपाल अधिराज्य भरिका उन्चालीस जिल्लामा सञ्चालित सामी परियोजना अन्तरगत पश्चिम नवलपरासीको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ।

इन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट ९ भुताहाका अध्यक्ष बद्री प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परियोजना सम्योजक ज्ञानेश्वर भण्डारीले अार्थिक वर्ष २०७७/७८ मा पश्चिम नवलपरासीका चौबीस जना कामदारको बैदेशिक रोजगारीको क्रममा विश्वका विभिन्न मुलुकमा मृत्युु भएको जानकारी दिनुभयो यसरी मृत्यु हुनेहरूमा बर्दघाट नगरपालिका र सुनवल नगरपालिकाका अधिक रहेको पाईएको छ।बैदेशिक रोजगारीको क्रममा मृत्यु हुने कामदारहरु कार्यरत देशको गणना गर्दा साउदी अरबमा सात जना मलेसियामा छ जना दुबईमा पाँच जना कतार र कुवेतमा दुई दुई जना जापान र बहराइनमा एक एक जना गरि जम्मा चौबीस जनाको बैदेशिक रोजगारीको क्रममा मृत्यु भएको हो।
यस परियोजनामा पश्चिम नवलपरासी भित्र बत्तीस जना कार्यरत छन् भने परियोजनाले जिल्ला प्रशासन कार्यलय परासी नजिक अाप्रवासी श्रोत केन्द्र र सेमरीमा उपकेन्द्र स्थापना समेत गरि बैदेशिक रोजगारीसङ्ग सम्बन्धित व्यक्तिहरूको लागि सुचना,कानुनी परामर्श, न्यायमा पहुँच र सिपको लागि सहजिकरण समेत गर्देे अाईरहेको छ।
यस परियोजनाले एक वर्षको अवधिमा श्रोत केन्द्र र रिटर्नि स्वयमसेवक मार्फत गाउँ र घर-घरमा पुगि यस क्षेत्रका एघार हजार अस्सी जनामा बैदेशिक रोजगारी सम्बन्धि विविध सुचना समेत प्रदान गर्नुको साथै यस अवधि भित्र परियोजनामा बैदेशिक रोजगारीको क्रममा अाईपरेका १८७ वटा समस्याका केशहरु दर्ता भएकोमा हालको ७१ वटा केश गत वर्षको ८३ वटा गरि जम्मा १५४ वटा (केश)समस्या निराकरण भएको र सम्बन्धित व्यक्ति र परिवारले ४ करोड ६४ हजार अार्थिक सहयोग र क्षतिपूर्ति सहयोग समेत प्राप्त गरेको परियोजनाकी परामर्शकर्ता रमा अालेले जानकारी दिनुभयो ।
सामी परियोजना नेपाल सरकार र स्वीस सरकारको दुईपक्षिय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सन्चालित छ भने यस परियोजनालाई हेल्भेटास नेपालले समेत प्राविधिक सहयोग प्रदान गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित