Rashtriya Dainik

भारतबाट हतियार बोकेर नेपाल प्रवेश गर्ने क्रममा ३ भारतीय पक्राउ

सप्तरी – जिल्ला प्रहरी रौतहटले पेस्तोलसहित ३ भारतीयलाई पक्राउ गरेको छ ।

भारतबाट हतियार बोकेर नेपाल प्रवेश गरेका उनीहरु मौलापुर नागरपालिका-५ स्थित मौलापुर-कलैया सडक खण्डबाट पक्राउ परेका हुन् ।जिल्ला प्रहरीबाट खटिएको टोलीले भारतको बिहार राज्य मोतिहारी जिल्ला ग्राम पञ्चायत बिजवनी-२ का २२ वर्षीय देवेन्द्र कुमार यादव, सुधिर कुमार यादव र सन्दिप कुमारलाई पक्राउ गरेको हो ।प्रहरीले देवेन्द्रकुमारको साथबाट मेड ईन इङ्ल्यान्ड लेखेको सिक्सर पेस्तोल बरामद गरेको थियो ।

हतियारको कारोबारमा संलग्न भएको आरोपमा सुधिर कुमार र सन्दिप कुमार पक्राउ परेको डीएसपी नारायणप्रसाद चिमरियाले बताए ।घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । प्रहरीले उनीहरुलाई आइतबार साँझ पक्राउ गरेपनि सोमबार मात्र सार्वजनिक गरेको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित