कृष्णनगर, कपिलवस्तु
सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको कुरा स्वागतयोग्य रहेको जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले बताए। तत्कालै गठन भएको बहुमत प्राप्त सरकारले सम्पूर्ण धर्मावलंबीको सम्मान गर्ने गरि दिइएको बिदाको मुस्लिम समुदायले हृदय देखि स्वागत गरेको समेत बताए।
मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड ईद उल अज़हां(बकर इद)को उपलक्ष्यमा इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष समेत रहेका अकरम पठानले शुभकामना व्यक्त गर्नु भएको छ।
मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण चाड ईद उल अज़हां (बकर इद)को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। उहांले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड ईद उल अज़हां(बकर इद)को हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । साथै अहिले फैलिएको COVID-19 चाडै संसार बाट लोप होओस भन्ने अल्लाह संग प्रथाना समेत गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

