Rashtriya Dainik

सरावल -६ मा बालविवाह विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न

महेश यादव/ नवलपरासी ,४ श्रावण

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ पुसाैलिमा बालविवाह विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ ।

एविसि नेपाल स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे समन्वय सहकार्य तथा मुस्कान सवाद केन्द्र पुसाैलिकाे अायाेजनामा बालविवाह विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे । संवाद सहयोग समितिका सदस्य सरिता देवि कहारकाे अध्यक्षता तथा वडा नम्बर -६ का वडा अध्यक्ष कैलाश यादवकाे प्रमुख अतिथतामा बालविवाह विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले बालविवाह गर्नु एक कानुनी अपराध भएको बताए । साथै सानाे उमेरमा बालविवाह गरे पश्चात विभिन्न समस्या र चुनाैतिहरु परेको देखिन्छ । जसका कारण बालबालिकाहरु मानसिक , परिवारिक र बैयवाहित जिवनकाे समस्यामा बाध्य भई अर्थहिन जीवन बिताउनु परेकाे बताउदै बालबालिकाहरुलाई बिहे गर्नु भन्दा शिक्षा अार्जन गराउनु पर्नेमा जाेड दिदै अायाेजक संस्थालाई धन्यवाद समेत दिनुभएको थियो ।

कार्यक्रममा समाजसेवी राजेन्द्र प्रसाद कुर्मि , एबिसि नेपालका सुपरभाइजर साईदा निसा पठान , पत्रकार महेश यादव लगाएका स्थानीय बासि र नाटक कर्ताहरुकाे सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित