पत्रकार महासंघ बझाङका सहसचिव दोरेन्द खड्काले जन्म दिनको अबसर पारेर पत्रकार कल्याणकारी काेषलाई ३ हजार आर्थिक सहयोग गरेका छन ।
आफु जन्मेको दिनलाई निकै महत्त्वपूर्ण पनि मानिन्छ आमा बुवाको आश्रिबाद साथिभाईको माया सद्भाव र सामाजिक सञ्जालमा शुभकामना आदान प्रदान गरि हर्ष उल्लासका साथ मनाईने गरिन्छ । जन्म दिनमा फजुल खर्चलाई कटाएर आफुले सानै भएपनी सहयोग गरेको खड्काले बताए ।
पत्रकारहरुलाई गार्हो अप्ठेरो पर्दा महासंघबाट सहयोग गर्ने जिल्ला शाखा बझाङले निर्णय गरेको हुदा सबै पत्रकारले रकम जम्मा गर्ने निर्णय महासंघले गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

