नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै गर्दा पश्चिम नवलपरासी काङ्ग्रेसमा पनि भावी नेतृत्वको लागि जिल्ला नेताहरु गुटगत राजनीति गर्दै उम्मेदवार घोषणा प्रक्रियामा हानथाप गरिरहेका छन् ।
जिल्लामा प्रतिनिधिसभा सदस्य एवं १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र सविधानसभा सदस्य विक्रम खनालको २ गुटगत राजनीति सक्रिय छ ।
आसन्न अधिवेशन नजिकिदै गर्दा खनाल पक्षका जिल्ला नेताहरुले भने पार्टीमा छलफल नै नगरि छुट्टै गुटगत भेला गरेर कांग्रेस नवलपरासीका वर्तमान उपसभापति अर्जुन कुमार पोखरेललाई जिल्ला सभापतिको उम्मेदवारको रुपमा सार्वजनिक गरिसकेका छन् । त्यसैगरी कँडेल पक्षधर जिल्ला नेताहरूले भने अन्य व्यक्तिलाई सभापतिको उम्मेद्वारमा उठाउने आन्तरिक तयारी गरिरहेको भएतापनि नाम भने अझै सार्वजनिक गरेका छैनन् ।
यसैबीच काङ्ग्रेसको आसन्न महाधिवेशनका लागि सुनवल नगरपालिकाको सभापति पदका लागि कृष्णप्रसाद लामिछानेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आइतबार सुनवल नगरपालिका वडा नम्बर ११,१२ र १३ (साविक रामनगर) का पार्टीका कृयाशिल सदस्यहरुको भेला मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । लामिछानेलाई कंडेल निकटको रुपमा लिइन्छ ।
यता लामिछानेको उम्मेदवारी घोषणा पुर्व नै खनाल पक्षधर जिल्ला नेताहरुले भने सुनवल नगरपालिकाको पार्टी सभापतिमा हालका सभापति सोमबहादुर रायमाझीलाई नै पुन उम्मेदवारी गराउने तयारी गरिरहेको छ ।
त्यस्तै आइतबार नै लामिछाने तर्फको प्यानबाट उपसभापति पदमा पेउनारायण न्यौपानेको उम्मेदवारी समेत घोषणा भएको छ । विधानमा दुई उपसभापति रहने व्यवस्था भएपनि लामिछाने प्यानलमा अर्को उपसभापतिको नाम भने टुंगो लाइसकेको छैन ।
१३ वटा वडा रहेको सुनवल नगरपालिकामा काङ्ग्रेसको नविकरण भएको ९ सय ८६ र थप सिफारिस गरि पठाएको नयाँ कृयाशिल सदस्य १ हजार १ सय १५ गरि जम्मा २ हजार १ सय १ कृयाशिल सदस्य सङ्ख्या छ ।
काङ्ग्रेसमा नगर कार्यसमिति चयनका लागि नगर सभापति सहित अन्य सबै क्रियाशिल सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

