Rashtriya Dainik

अनेरास्ववियु तथा युवा संघका नेताहरुद्धारा शैक्षिक सामाग्रि वितरण तथा अभिभावकत्व ग्रहण

उमेश बि.क / नवलपरासी ,४ साउन

पश्चिमी नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ धनगडवामा अवस्थित जनता आभारभुत विद्यालयमा बालबालिकालाई शैक्षिक सामग्री बितरण गरिएको छ।

अनेरास्ववियु तथा युवा संघका नेताहरुद्धारा अति बिपन्न १२ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि वितरण गरि १ वर्षका लागि अभिभावकत्व ग्रहण गरिएको हाे ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य सुसान्त शर्मा घिमिरे,नेकपा एमाले नेता सुखाडि प्रसाद चाैधरी,वडा नम्बर ५ वडा अध्यक्ष दिनेश सहानि लगाएतकाे उपस्थिति रहेको थियो ।

बालबालिकालाई शैक्षिक सामग्री सहयोग मिलेको भन्दै आफू खुसी भएको बिद्यार्थी र अभिभावकहरुकाे भनाइ छ।अति बिपन्न बालबालिकालाई सहयोग गरेको शैक्षिक सामग्री वितरणले विद्यार्थीहरुलाई नियमित रुपमा विद्यालय अाउनमा ठुलाे उत्प्रेरणा जगाएकाे र उपलब्ध गराइदिएकोमा अनेरास्ववियु तथा युवा संघका नेताहरुलाई धन्यवाद समेत दिए।

कसले कसलाई अभिभाकत्व ग्रहण गर्याे
१: सुसान्त शर्मा घिमिरे
– अंशु वरइ
– सरस्वति प्रजापति
२. विक्रम पाैडेल
– प्रियंका कुमारी कहार
– रन्जना कुमारी कहार
३. सन्दिप अधिकारी
– मनाेहर गाैंढ
– शिवराज हरिजन
४. निरज पाैडेल
– निजानन्द राजभर
– राेशन चाैधरी
५. सन्जय माैर्य
– रामनयन गाैंढ
– अंगिरा हजाम
६. सन्देश न्याैपाने
– सन्जना कुमारी कहार
– किन्जल कहार

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित