कर्तिक १८,पाेखरा । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राती घरमा नै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । सुगर डाउन भएर केसीको निधन भएको परिवारले अनुमान लगाएको छ । ३ बर्षअघि प्रतिनिसभा चुनावताका उनी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपन्च समेत हुन् । ६३ बर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापार ब्यवसायमा उनी सफल थिए । सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।