Rashtriya Dainik

छिपहरमाई गाउँपालिकामा कृषि सम्बन्धी एक दिने तालिम सम्पन

राजन कुमार बानिया/पोखरिया ,३० असार
गृहलक्ष्मी बचत तथा ऋृण सहकारी संस्था लि. भिस्वाको सहयोगमा अाज पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वामा कृषि सम्बन्धी एक दिने तालिम सम्पन भएको छ। गृहलक्ष्मी बचत तथा ऋृण सहकारी संस्थाले सहकारीको माध्यमले अाफना कार्य क्षेत्रका किसानहरुलाई कृषि क्षेत्रमा नयाँ प्राबिधिकबारे किसानहरुलाई तालिम दिएको हो । किसानहरुलाई प्राबिधिक तरिकाले धानमा उत्पादन बृद्धी ,मल खाद प्ररागिंक मल समबनधी सिचाईको ब्यवस्थापन कसरी गरिने लगायतबारे तालिमका प्रशिक्षकहरुले जानकारी दिनु भएको थियो । प्राबिधिक जुगमा किसानहरुले पुरानै अवस्थामा किसानहरुले खेतीपाती गरिरहेकोले नयाँ प्राबिधिक तरिकाले खेती पाती गर्न प्रशिक्षकहरु जानकारी दिनु भएको थियोे । घाम ईनर्जी फाउन्डेसनद्वारा संचालन गरिएको तालिममा गृहलक्ष्मी ऋण तथा सहकारी संस्थाका प्रमुख मनिष किसोर श्रीवास्तव,बिमल श्रीवास्तव,असोक साह कानु,महादेव साह लगायत महिला ,पुरुष किसानहरुको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित