पश्चिम नवलपरासीका एक कोरोना संक्रमितको सोमबार भैरहवामा मृत्यु भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकलमा सोमबार बिहान ४ बजे मृत्यु भएको हो । स्वास्थयमा समस्या आएपछि कार्तिक १४ गते मेडिकल कलेजमा भर्ना हुनुभएका उहाँको १६ गते कोरोना पोजेटिभ देखिएको थियो । उहाँको आईसियुमा उपचारको क्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । वृद्धमा निमोनियाको लक्षण पनि देखिएको थियो । हालसम्म जिल्लामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय लापरवाहिका कारण संक्रमण बढ्दै गएको छ भने संक्रमितको मृत्यु हुने क्रम पनि बढेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।