Rashtriya Dainik

परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

नेपाल दरुणदल बर्दघाट नगरकमिटिको आयोजनामा शनिबार परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।

संविधान सभा सदस्य बिक्रम खनालको प्रमुख आतिथ्यता तथा तरुणदल बर्दघाट नगर संयोजक बिकास थापाको सभापतित्वमा कार्यक्रम सन्चालन भएको थियो।

कार्यक्रममा बोल्दै नेपालि काङ्ग्रेसमा नेता एवम् संविधानसभा बिक्रम खनालले काङ्ग्रेसको आउदो १४ औ महाधिवेशनमा तरुण हरुको भुमिका शसक्त हुनु पर्ने बताउनु भयो।पार्टीका आन्तरिक प्रतिस्पर्धामा दुई पक्ष देखिनु लोकतान्त्रिक प्रक्रिया नै भएको बताउदै विपक्षी दल सगको प्रतिस्पर्धामा भने पार्टी एकढिक्का भएर अगाडि बढ्नु पर्ने धारणा ब्यक्त गर्नु भयो।तरुण पार्टीको मेरुदण्ड भएको हुदा लोकतान्त्रिक विधि पद्धति र ब्यवस्थालाई जोगाईराख्न बेथितिका बिरुद्ध अब तरुण युवाहरु खबरदारीमा उत्रनु पर्ने बेला आएको नेता खनालको भनाई थियो।

त्यसै गरि कार्यक्रममा आफ्नो धारणा ब्यक्त गर्दै तरुणदल पश्चिम् नवलपरासीका सभापति सुक बहादुर गुरुङले हरेक परिवर्तन र पार्टीका आन्दोलनहरुमा तरुणहरुको भुमिका सर्हानिय रहेको बताउनु भयो।पार्टीले सन्चालन गर्ने विभिन्न गतिबिधी र आउदो अधिवेशन लाई सफल पार्नको निम्ति सबै तरुणहरुलाई आआफ्नो भुमिका निर्वाह गर्न निर्देशन समेत दिईएको गुरुङले बताउनु भयो।

कार्यक्रममा जिल्ला सदस्य विश्व प्रेम पाठक,महिला संघ सभापति कमला पराजुली,बर्दघाट नगर सह संयोजक दामोदर जिसि,क्षेत्रीय सभापति बेद प्रकाश शर्मा लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो।

बर्दघाटका १६ वटै वडाका वडा सभापतिहरुको सहभागीता रहेको तरुण दल बर्दघाट नगर सभापति बिकास थापाले जानकारी दिनु भयो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित