Rashtriya Dainik

तस्करी नियन्त्रण र जनताकाे शान्ति सुरक्षा गर्ने मेराे मुख्य लक्ष्य हाे:एसपि मनाेज कुमार यादव

नन्दु यादव/ असार २५ ,नवलपरासी

पश्चिम नवलपरासीमा सिमाबाट हुने तस्करी नियन्त्रण तथा अामजनताहरुकाे शान्ति सुरक्षा गर्ने मेराे मुख्य लक्ष्य रहेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी मा हालै सरुवा भई अाउनु भएका एसपि मनाेज कुमार यादवले बताउनु भएकाे छ। अाज जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी मा पत्रकार र प्रहरी बिच भएकाे परिचयात्मक तथा अन्तरक्रिया मा यस्ताे कुरा बताउनु भएकाे हाे ।सिमा नाकाबाट हुने तस्करी ,लागुपदार्थ दुर्ब्यसनि तथा अाेसापसार ,चेलिबेटिबेचबिखन लगायतका कुरामा अाफुले कडा रुपमा निगरानी बढाई नियन्त्रण गर्ने लक्ष्य रहेकाे वहाले बताउनु भयाे ।अामनागिरकलाई शान्ति सुरक्षामा कुनै पनि किसिमकाे कमि हुन नदिने वहाले प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।साथै प्रहरी र पत्रकारकाे सम्बन्ध नङ र मासु जस्तै रहेकाेले पत्रकारहरुसग काधकाधमा मिलाएर अगाडि बढनुपर्ने कुरामा जाेडदिनु भयाे ।प्रहरी अामनागरिक पत्रकार सबै मिलेर नवलपरासी लाई नमुना जिल्ला बनाउने मेराे याेजना समेत रहेकाे बताउनु भयाे ।कार्यक्रम मा बाेल्दै नेपाल पत्रकार महासघ नवलपरासी का अध्यक्ष हरि शर्माले जिल्ला प्रहरी कार्यालयबाट प्राप्त हुने समाचार सहजरुपमा नवलपरासीका सम्पुर्ण सन्चारमाध्यम र पत्रकारहरु समक्ष पुर्याउने सहज बाताबरण मिलाउन अाग्रह गर्नु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित