उमेश बि.क/ नवलपरासी ,२४ असार
नेपाली काङ्ग्रेस बर्दघाट नगरपालिका वडा नं. १३ कार्यसमितिले अाज एक कार्यक्रम गरि पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
वडा नम्बर १३ काे वडा सभापति चन्द्र सारुकाे अध्यक्षता तथा संविधानसभा सदस्य बिक्रम खनालको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रमा एमाले र माओवादी परित्याग गरी २८ जना काङ्ग्रेसमा प्रवेश गरेका हुन ।

कार्यक्रममा सम्बोधन गर्दै संविधानसभा सदस्य खनालले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने नया पुरानो नभनी भेदभाब नगरिने उनले बताए।काङ्ग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर अघी बड्न सुझाब दिदै नेपाली काङ्ग्रेस सबै वडा स्तरका कार्यकर्ता सक्रियताका साथ लागेर काङ्ग्रेस बलियो बनाउन अाग्रह गर्नुभएको छ । अहिले सम्मका परिवर्तनहरुमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउँदै अब यश क्षेत्रकाे विकास र समृद्धिको नेतृत्व समेत काँग्रेसले नै गर्ने बताउनु भएको हाे ।

कार्यक्रममा जिल्ला सदस्य चन्द्र ढकाल ,प्रदेश सभा सदस्य बेद प्रसाद शर्मा , निवर्तमान जिल्ला उपसभापति दिप प्रकास लाेहनि ,संघिय क्षेत्रीय सचिव दिपक बराल लगाएतकाे वक्ताहरुले समृद्ध नेपाल निर्माण गर्न नेपाली काङ्ग्रेस बाहेक अर्को विकल्प नभएकोले काङ्ग्रेस प्रति लहर जागेको दाबी गर्दै नवप्रवेसि सदस्यहरुलाई स्वागत सहित शुभकामना ब्यक्त गर्नु भएको थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

