रोट्रयाक्ट क्लब अफ धरान घोपाले आफ्नो अभिभावक क्लब रोटरी क्लब अफ धरान घोपासँग संयुत्त रुपमा असार २२ गते कलबको विशेष क्षेत्र परियोजनामा पर्ने अशक्तता र पुनःस्थापना केन्द्र, छाता चौक, धरानमा “खाद्य र राहत सामग्री वितरण कार्यक्रम” को पहिलो भाग सफलतापूर्वक सञ्चालन गरेको छ।
समाजमा अहिले सबैतिर कठिन समय चलिरहेको छ जहाँ धेरैको जनजीवन प्रभावित भएको छ । त्यसैले यस परिस्थितिमा सबैले समाजमा आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउनु पर्ने आवश्यकता देखिएको छ। यहि दृष्टिकोणले समाजमा आफ्नो योगदान दिईरहन रोट्रयाक्ट क्लब अफ धरान घोपाले यो परियोजनाको सुरुवात गरेको हो ।

यस कार्यक्रम मंगलबार बिहान करिब १० बजेबट सुरू गरिएको थियो जसको तयारी १ हप्ता अघि गरिएको थियो जब पुनःस्थापना गृहको आयोजक श्री भीम राईले आधारभूत जीवन सामग्रीको आवश्यकताको बारेमा क्लब समक्ष उल्लेख गरेका थिए ।
यस कार्यक्रममा अशक्तता र पुनःस्थापना केन्द्रका बालबालिकाहरू, वयस्कहरू र वृद्ध नागरिकहरु सम्मेलित २३ बासिन्दालाई चामल, दाल, सेनिटाइजर, सोया बीन, साबुन, डिटर्जेंट, हर्पिक, तेल, हल्दी, नुन, मसला जस्ता दैनिक उपभोग्य वस्तुहरु प्रत्यक्ष रुपमा वितरण गरेर सहयोग गरियो।

यस कार्यक्रमको सफलतामा रोटरियन अटुल श्रेष्ठ, रोटरसयन मुकुल कायस्थ, रो. रिवाज अधिकारी तथा रोहित आपूर्तिकर्ताका रोहित शाहले महत्त्वपूर्ण योगदान दिएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

