Rashtriya Dainik

शैक्षिक संस्थाहरु सञ्चालनमा नआउदा बिद्यार्थीहरुको भबिस्य अन्योलमा

खगेन्द्र अबस्थि /कैलालि

बन्दाबन्दीको लामो समय भैसक्दा पनि शैक्षिक संस्थाहरु सञ्चालनमा नआउदा बिद्यार्थीहरुको भबिस्य अन्योलमा रहेको छ।
बिद्यालय बिस्तारै सञ्चालनमा आए विद्यालयको पढाइलाई सुरक्षित र गुणस्तरीय बनाउने तयारीमा रहेको श्री जनप्रिय माद्यामिक विद्यालय गौरीगङ्गा-८, लिक्मा, कैलालीका प्रधानाध्यापक धनीदत्त भट्टले बताउनु भयको छ। गुणस्तरीय शिक्षा आजको आबस्यकता भन्ने नाराका साथ बिद्यालयको पढाईलाई निरन्तरता दिने उहाँले बताउनु भयो।

“कोरोना महामारीले शिक्षा क्षेत्रमा निकै ठुलो असर पारेका बेला हाम्रो विद्यालयमा बैकल्पिक माध्यम बाट पठपाठन कार्यलाई अगाडि बढाउने तयारी गरीरहेका छौं।” प्र.अ. भट्टले बताउनुभयो। वर्तमान स्थिति सुधार भएर विद्यालय निरन्तर सञ्चालनमा आएर प्रत्यक्ष पढाई सञ्चालन भएमा प्रत्येक बिधार्थीलाई निशुल्क र गुणस्तरीय शिक्षाको पहुँचमा पुर्याउने उहाँले बाताउनु भयो।

२०७७ साल बाट नै बिद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरू भएको छ। आजभोलि निजि स्कुलहरु छोडेर जनप्रिय मा. वि.मा भर्ना हुने विद्यार्थीको लहर चलेको छ। अङ्ग्रेजी माध्यममा पढाई हुँदा आर्थिक अभाव वा अज्ञानताका कारण यस सामाजमा छोरालाई बोडिङ् स्कुल र छोरीलाई सरकारी स्कुलमा पढाउने विद्यमान प्रबृत्तिको समेत अन्त्य हुने उहाँले बताउनु भएको हो। यति मात्रै नभएर आर्थिक अभावको कारण छोराछोरी बोर्डिङमा पढाउन नसकेर हिनताबोध गर्ने अभिभावकहरु अचेल जनप्रिय मा. वि. मा पढाउदा गर्व गर्न थालेका छ्न।

विद्यालय स्तरमा गुणस्तरीय शिक्षाको अभावमा विद्यार्थीहरु शहरमा कोठा लिएर अध्ययन गर्न जान नपर्ने बिद्यालयले बिस्वास लिएको छ।

सबै कुराले सम्पन्न भएका विद्यार्थीले बिदेश पलाएन हुने हो भने हामी सुदूरपश्चिमलाई सम्पन्न सुदुरपश्चिम बनाउने कुरा सपनामै सिमित हुने विद्यालयका प्रधानध्यापक धनीदत्त भट्टले बताउनु भयो।
बिगतको तुलनामा भन्दा छोटो समयमै यस विद्यालयले निकै संरचना निर्माण गरेको छ। विद्यालयको दुइओटै ब्लकमा पक्की पर्खाल निर्माण, पक्की भवन, स्यानेटरी प्याड डिस्पोजल सुबिधा भएको छात्रा शौचालय, खानेपानीको धारा निर्माण, सुबिधासम्पन्न बिज्ञान प्रयोगशाला, भब्य कम्प्युटर प्रयोगशाला स्थापना भएका छन। विद्यालयले भर्खरै ३० ओटा CCTV क्यामरा जडान गरि विद्यालय सुरक्षा प्रणाली मजबुत बनाएको छ भने विद्यालयको bulk sms सिस्टम सहित वेबसाईटको विकास गरि सूचना संयन्त्रलाई प्रभावकारी बनाएको छ। गौरिगंगा नगरपालिकाको सबै भन्दा ठुलो रहेको उक्त विद्यालयले अभिभाबकको समेत मन जित्न सफल भएको छ।

कोरोना कहरले धरापमा रहेको शिक्षा क्षेत्रमा अहिले भने विद्यालयमा विद्यार्थी भर्ना गरिरहेका छन। बन्दभएका शैक्षिक संस्था खुल्न थालेपछि विद्यार्थी तथा अभिभाबक समेत खुसी भएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित