राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आज पश्चिम नवलरासीको सुनवल नगरपालिका ११ जर्गाहास्थित कोटही देवी सामुदायिक वन क्षेत्रमा बृहत वृक्षारोपण गरिएको छ । राष्ट्रिय रेकर्ड कायम गर्ने लुम्बिनी प्रदेश सरकारको लक्ष्य अनुसार प्रदेश सरकारले ‘तेस्रो वृक्षारोपण मुल समारोह कार्यक्रम’ नाम दिएर १ घण्टामा २० हजार बढी बिरुवा रोपिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शकर पोख्ररेलले बिरुवा रोपेर अभियानको शूरुवात गर्नुभएको थियो । सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले बृक्षारोपण गरेर अक्सिजनको स्रोतको रुपमा रहेका रुख जोगाउने कुरा मानव जीवनको अपरिहार्य विषय भएको बताउदै वृक्षारोपणमा राष्ट्रिय रेकर्ड कायम गर्ने सङ्कल्पलाई सफल पार्न हामी सबैको दायित्व रहेको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले नेपालमा काठ पैदावार विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । वन क्षेत्रको दीगो व्यवस्थापन र सरंक्षणबाट काठजन्य बस्तुको आयातलाई अन्त्य गर्न आवश्यक रहेकोमा उहाले जोड दिनुभएको छ ।
राष्ट्रिय रेकर्ड कायम गर्ने लक्ष्य अनुसार उद्योग तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा एक घण्टामा सिसौ, अमला, टिक, जामुन, कदम, खयर अर्जुन लगायत प्रजातिका बीस हजार विरुवा रोपिएको उद्योग तथा वातावरण मन्त्री कल्पना पाण्डले जानकारी दिनुभयो । कोटही देवी सामुदायिक वनको खाली रहेको २९ हेक्टर क्षेत्रफलमा ३९ हजार वृक्षारोपण गर्ने लक्ष्य अनुसार पन्ध्र हेक्टर क्षर्ेत्रफलमा उक्त बिरुवा रोपिएको मन्त्री पाण्डेले बताउनुभयो ।
सो अवसरमा डिभिजन वन कार्यालय परासीका प्रमुुख शङ्कर प्रसाद गुप्ता र कोटहीदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ईश्वरी प्रसाद जैसीले रोपिएका बिरुवाको संरक्षण गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो । वृक्षारोपणका लागि १६ वटा स्टलहरु निर्माण गरिएको थियो । सरकारले तिन वर्ष अगाडी देखि असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउने निणर्य गरे अनुरुप लुम्बिनी प्रदेश सरकार पनि बृहत वृक्षारोपण अभियानमा जुटेको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

