मुम्बई :१६ कार्तिक बलिउड अभिनेत्री काजल अग्रवाल प्रेमी गौतम किचलुसँग शुक्रबार वैवाहिक बन्धनमा बाँधिएकी छन्। काजलको विवाह मुम्बईको ताज होटलमा भएको हो। कोरोना भाइरसको महामारीका कारण विवाहमा सानो जमघट थियो। यसैबीच काजल र गौतमको विवाहको पहिलो तस्बिर बाहिरिएको छ। सो तस्बिरमा काजलले रातो रङको लेहंगा, शिरमा शिटपेटी, कम्मरमा कम्मरबन्द र नेकलेस लगाएकी छन्। ३५ वर्षीया काजलले हिन्दी फिल्म ‘क्यों हो गया न’बाट डेब्यु गरेकी थिइन्। उनी सन् २००७ मा पहिलो तेलुगु फिल्म ‘लक्ष्मी कल्याणम’मा देखिएकी थिइन्। सन् २००९ मा आएको तेलुगु फिल्म ‘मगधिरा’ले उनको करिअरलाई उचाइमा पुर्यायो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।