तुलसी राम पौडेल / सियारी, असार ७
रुपन्देहीको सियारी गाउपालिका -७ पश्चिम् अमवा स्थित अमवा अस्थायी कोभिड अस्पताललाई कोरोना नियन्त्रणको लागि प्रतिमान निमा स्मृति प्रतिस्ठान भैरहवाद्वा अति आवश्यक स्वास्थ्यका विभिन्न सामाग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पुर्व मन्त्री दिपक बोहराको पहलमा प्रतिमान निमा स्मृति प्रतिस्ठान भैरहवाद्वारा अमवा कोभिड अस्पताललाई अति आवश्यक स्वास्थ्य सामाग्रीहरु ५ थान अक्सिजन सिलिन्डर , अक्सिजन कन्सट्रेटर १० लिटरको १ थान ,अक्सिजन रेगुलेटर ५थान ,पि पि इ ५० थान ,सर्जिकल्स माक्स १००० थान ,फेस शिल्ड ५० थान , सर्जिकल क्याप ५० थान ,सेनिटाइजर ५० लिटर, सहयोग स्वरुप प्रदान गरिएको हो ।
आइतबार एक कार्यक्रमका बिच प्रतिमान निमा स्मृति प्रतिस्ठान भैरहवाका प्रवन्ध निर्देशक स्वाती थापा ,निर्देशक धर्म बहादुर केसी ,रास्टिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले संयुक्त रूपमा सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारु,सियारी गाउपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्ती ,अमवा अस्थायी कोभिड अस्पतालका संयोजक दिपेन्द्र रिजाल लगायत स्वास्थ्यकर्मीहरुलाई संयुक्त रुपमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
साथ साथै प्रतिमान निमा स्मृति प्रतिस्ठानले जेष्ठ १७ गतेपछि सियारी गाउपालिका अन्तगतका कोभिडबाट मृत्यु भएका घरपरिवारलाइ १० हजार रुपैया नगद राहत प्रदान गर्ने घोषणा समेत गरेको छ।
सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले कोभिड अस्पताललाई सहयोग गरी मानवीय कार्य गरेको भन्दै धन्यवाद दिनुभयो ।
सियारी गाउपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिको अध्यक्षता तथा सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राप्रपा जिल्ला सदस्य जोगराज अधिकारी ,राप्रपा क्षेत्र नम्बर ३ अध्यक्ष प्रेमनारायण चौधरी ,सहसचिव शंकर बहादुर कार्की ,राप्रपा सियारी अध्यक्ष भोला प्रसाद थारु, वरिष्ठ उपाध्यक्ष माया रोका,सचिव शिव प्रसाद चौधरी ,युवक संगठन जिल्ला सभापति शंकर खत्री , सियारी गापा वडा नम्बर १ सदस्य धनराज शर्मा , लक्ष्मी मल्ल लगायतको उपस्थिति रहेकोे थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

